पूर्वाञ्चल खबर
दिल्ली पब्लििक स्कुलको मैदानमा भएको छात्रतर्फ पहिलो खेलमा राष्ट्र निमार्ण कलेजले बुद्ध कलेजलाई २५–२० र २५–१९ को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच राष्ट्र निमार्णका चन्द्र श्रेष्ठ घोषित भए ।
दोस्रो खेलमा कान्तिपुर कलेजले विकेभिएम कलेजलाई १८–२५, २५–२० र २७–२५ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका कृष थारु घोषित भए ।
छात्रातर्फ पहिलो खेलमा राष्ट्र निमार्ण कलेजले अरनिको कलेजलाई २५–१४ र २५–१४ को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच राष्ट निमार्णकी मनिषा तामाङ घोषित भइन् ।
दोस्रोे खेलमा रेडस्टार कलेजले शिक्षादिप कलेजलाई २५–२ र २५–६ को सोझो सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच रेडस्टारकी आस्मा लिम्बु घोषित भइन् ।