AArya
RUMPUM
animated ellipse animated ellipse

विराट मेघा विराटनगरमा जारी भेट्रान्स कपको अन्तिम चारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ भाद्र २०७९, मंगलवार २२:३८
675
Shares
विराटनगरमा /विराट मेघा भेट्रान क्लब बी विराटनगरमा जारी विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

आज राती सहिद मैदानमा सम्पन्न खेलमा पाहुना टोली मधेश प्रदेशको लाहान भेट्रान क्लबलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक विराटले सेमीफाइनलको यात्रा तय गरेको हो ।

रोमान्चक बनेको खेलमा लाहानका लागि खेलको चौथो मिनेटमा तोयाराम भुजेलले गोल गर्दै अग्रता दिलाएका थिए । सुरुआती चरणमै गोल आत्मसात गरेर कमजोर देखिएको आयोजकविरुद्ध लहानले खेलको १५ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएको थियो । डि बक्सभित्र विराटका मोतीप्रसाद घिमिरेको हातमा बल लागेपछि पाएको पेनाल्टीमा लाहानका भुजेलले दोस्रो गोल गरेका थिए । पेनाल्टी प्रहारको ८ मिनेट नवित्तै खेलको २३ औं मिनेटमा कृष्ण शाक्यले आयोजक विराटका लागि आकर्षक गोल गरेर अन्तर कम बनाएका थिए ।

पहिलो हाफमा दुई एक गोलले पछि परेको विराटको खेल दोस्रो हाफमा लयमा रहेको थियो । खेलको ४७ औं मिनेटमा आयोजकका लागि कृष्णले पुनस् दोस्रो गोल गरे । त्यसपछि निर्धारित समय सकिदाँसम्म दुवै टोली समान दुई गोलको बराबरीमा रहे ।

निर्धारित समयसम्म बराबरीमा खेल टुंगिएपछि म्याच कमिश्नर ओम प्रकाश मास्कले टाइब्रेकरबाट निर्णय भएको जानकारी दिए । सो क्रममा घरेलु टोली विराटका लागि कृष्ण शाक्य, शेरबहादुर थापा, अरुण लामा र गोलरक्षक प्रकाश मल्लले गोल गरेका थिए । विराटका महानन्द राजवंशीको प्रहार भने खेर गएको थियो । अर्कोतर्फ, लाहानका लागि तोयाराम भुजेल, देउमान लिम्बू, र अमिर लामाले गोल गरेका थिए । लाहानका दिपेन गिरी र लोकबहादुर आलेको प्रहार भने खेर गएको थियो ।

जित हात पारेको आयोजकले बिहीबार हुने प्रतियोगिताको पहिलो सेमीफाइनलमा मोरङको सिद्राह भेट्रान क्लबसंग स्पर्धा गर्ने प्रतियोगिता संयोजक बसन्तराज अर्यालले जानकारी दिए । उनका अनुसार बुधबारको खेलमा हाट खोला भेट्रानले मोरङको जहदा भेट्रान क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर