पूर्वाञ्चल खबर
विराटनगरमा आयोजित स्वागत तथा अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथी पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा सुजनबाबु मरहट्टाले विद्यार्थीले उच्च शिक्षालाई पाठ्यक्रम र परीक्षामा मात्र सीमित नराखी व्यवहारिक ज्ञान, सीप र दक्षता विकासमा जोड दिनुपर्ने बताए ।उनले बदलिँदो समय र प्रविधिअनुसार आवश्यक ज्ञान तथा क्षमता हासिल गर्दै विद्यार्थीले आफूलाई प्रतिस्पर्धी र सक्षम बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बीबीएतर्फ ९६ जना र बीएचएमतर्फ १४४ जना गरी कुल २४० जना नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो। कार्यक्रममा विद्यार्थीलाई उच्च शिक्षासँगै व्यावसायिक तथा व्यवहारिक ज्ञान, सीप र दक्षता हासिल गर्न प्रेरित गरिएको थियो। क्याम्पस प्रमुख विनय विष्णु केसीले विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासका लागि कलेजले आवश्यक वातावरण निर्माण गर्दै आएको बताए । उनले नियमित अध्ययनसँगै अतिरिक्त क्रियाकलाप र व्यावहारिक सिकाइमा समेत सक्रिय हुन विद्यार्थीलाई आग्रह गरे।
विएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेशले नयाँ विद्यार्थीलाई स्वागत गर्दै उनीहरूको शैक्षिक यात्रामा कलेज परिवारबाट आवश्यक सहयोग र सहजीकरण हुने बताए ।