AArya
RUMPUM
animated ellipse animated ellipse

साविक विजेता आर्मीले पायो एमएम कप क्रिकेटमा २ सय ४० लक्ष्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० बैशाख २०८२, शनिबार १२:३१
180
Shares
विराटनगर / एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा साकिक विजेता आर्मीले २ सय ४० रनको लक्ष्य पाएको छ ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको फाइनल खेलका आर्मीविरुद्ध नेपाल पुलिस क्लवलाई २ सय ३९ रनको योगदान दिएको छ । प्रतियोगितामा कनै पनि टिमले बनाएको हो । यस आमासले कोशीविरुद्ध २ सय ९ रनको स्कोर बनाएको थियो ।

टस हारेर ब्याटिङ गरेको पुलिसले ५० ओभरमा सवै विकट गुमाई २ सय ३९ योगफल खडा गरेको थियो । पुलिसका अरुण ऐरी कप्तान शंकर रानाले अर्धसतक पारी खेले । ऐरीले ६४ रन र रानाले ५१ रन पारी खेले । श्रवण यादवले ३२ रन तथा दिपक डुम्रेले २६ रनको पारी खेले । आमीका नरेन साउदले २ विकेट लिँदा दुर्गेश गुप्ता र तुलबहादुर थापाले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर