AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लागुऔषधसहित दुई जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ कार्तिक २०७७, बुधबार १९:१३
369
Shares
सुनसरी / सुनसरी कोशी गाँउपालिका–१ स्थित एरियाबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोशी गाँउपालिका–५ का ३८ बर्षीय अशोक यादव र जिल्ला सुपौल त्रिवेणि ग्रामपञ्चायत १ का २२ बर्षीय सन्तोषकुमार यादव रहेका छन् । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले को १७ प २८१९ नम्बरको मोटरसाईकलमा आइरहेका अशोक र अर्का भारतीय नागरिक सन्तोषलाई आज नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा ३५ बोतल डाईलेक्स डिसी र १ हजार ८० स्पास्मो प्रोक्सिभन ट्याब्लटे फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर