RUMPUM
animated ellipse animated ellipse

घरेलु टोली कोशीलाई पराजित गर्दै आर्मी कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश, वागमतीको पहिलो जित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ फाल्गुन २०८०, मंगलवार १८:११
162
Shares
पुष्पराज थपलिया
विराटनगर /घरेलु टोली कोशीलाई पराजित गर्दै आर्मी विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ भने वागमती प्रदेशले पहिलो जित हात पारेको छ ।

मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।

आर्मीसँग पराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा ४ खेल खेलेको कोशीले १ मा जित र ३ खेलमा पराजित भएको छ । कोशी २ अंकका साथ तेस्रो स्थानमा रहेको छभने आर्मीले लगातार ३ खेलमा जित हात पार्दै अन्तिम चारमा प्रवेश गरेको छ । आर्मी ६ अंकका साथमा शिर्ष स्थानमा छ । आर्मीले अव एपिएफसँग भोली दिउँसो लिगको अन्तिम खेल खेल्ने छ । सवै ४ खेलेको कर्णालीले २ मा जित र २ मा पराजित भए पछि ४ अंककासाथ दोस्रो स्थानमा रहेको छ भने २ खेलमा १ मा जित र १ मा पराजित भएको एपिएफ २ अंकका साथ तालिकामा चौथो स्थानमा रहेको छ ।

टस हारेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३५ रनको योगफल तयार पारेको थियो । कोशीकालागि दिपेश कँडेलले ३६ बलमा २ छक्का र २ चौका प्रहार गरि अविजिचत ४० रन बनाउँदा श्रवण यादवले १४ बलमा ५ चौका प्रहार गदै २९ रन बनाए । एक समय १५ दशमलव ८९ रनमा ६ विकेट गुमाएको कोशीकालागि कँडेल र यादवले २६ बलमा ४६ रनको अविजित पारी खेले । त्यस्तै अनिल लामिछानेले २१ रन र सुजन थपलियाले १४ रनको योगदान दिए । आर्मीका त्रितराज दासले २ विकेट लिँदा पवन कार्कीले पनि २ विकेट लिए ।

जवाफमा १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले १८ दशमलव ४ बलमा ५ विकेट गुमाई लक्ष्य पार गरेको थियो । आर्मीकोे जितमा प्लेयर अफ द म्याच त्रितराज दासले ३२ बलमा २ छक्का र ४ चौका प्रहार गरि ३५ रन जोड्दा सन्तोष कार्कीले २४ रन जोडे । कोशीका श्रिवण यादव र ज्ञानेन्द्र श्रेष्ठले २–२ विकेट लिए ।

दोस्रो खेलमा प्रतियोगिताबाट बाहिरि सकेको वागमती प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । जितसँगै वागमती समुह वि मा ३ खेलमा १ मा जित र २ मा पराजित हुँदै २ अंकको साथ तस्रो स्थानमा उक्लिएको छ भने गण्डकीले खेलेको चारै खेलमा पराजित अंक विहिन भएर घर फर्किएको छ ।

टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५० रनको स्कोर बनाएको थियो । गण्डकीका लागि दिनेश बुढा मगर ४७ बलमा १ छक्का र ९ चौका प्रहार गरि ६२ रन बनाउँदा अविशेक थापाले २३ रनको योगदान दिए । वागमतीका इसान पाण्डेले २ विकेट लिँदा रामनरेश गिरी, दिपेश श्रेष्ठ र तिलक भण्डारीले समान १–१ विकेट लिए ।

जवाफमा १ सय ५१ रनको लक्ष्य पाएको वागमतीले १९ दशमलव २ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । वागमतीको जितमा प्लेयर अफ द म्याच रामनेश गिरी २७ बलमा ३ छक्का र ४ चौका प्रहार गरि अविजित ५० रनको पारी खेले त्यस्तै रविन जोशीले अविजित ३२ रन बनाउँदा आशसतोष घिरैयाले २९ रनको महत्वपूर्ण योगदान दिए । गण्डकीका सुवास भण्डारीले ३ विकेट लिँदा सन्दिप राजुली र अविशेक थापाले १–१ विकेट लिए ।

बुधबारको पहिलो खेल पुलिस र लुम्किनी तथा दोस्रो खेल दुई विभागिय टोली आर्मी र एपिएफविच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर