AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अरनीको कलेजका विद्यार्थीले बनाए उत्कृष्ट प्रोजेक्ट, दुई महिने एआई तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ फाल्गुन २०८२, मंगलवार १७:१८
135
Shares
विराटनगर / विराटनगरस्थित अरनीको कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित दुई महिने ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी तालिम आज सम्पन्न भएको छ।

सयपत्री ग्रुपको आयोजनामा भएको उक्त तालिममा कलेजका १०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

गत मंसिर २६ गतेदेखि सुरु भएको तालिमको अन्तिम दिन विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास अन्तर्गत विभिन्न प्रोजेक्टहरू प्रदर्शन गरेका थिए। विद्यार्थीहरूलाई बिजनेस (व्यापार), शिक्षा र स्वास्थ्य गरी तीनवटा प्रमुख विधा (थिम) मा विभाजन गरेर प्रोजेक्ट वर्क गराइएको सयपत्री ग्रुपका डाइरेक्टर श्याम कृष्ण गुप्ताले जानकारी दिए।

तालिममा सहभागी २२ वटा विद्यार्थी समूहमध्ये उत्कृष्ट ९ वटा समूह फाइनल चरणमा पुग्न सफल भएका छन्। सहभागी समूहहरूमा २ देखि ६ जनासम्म विद्यार्थीहरू रहेका थिए। हरेक विधाबाट एक–एक वटा विजेता समूह घोषणा गरिने र उनीहरूलाई २५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

तालिमको प्रशिक्षकमा अनिस दाहाल, श्याम कृष्ण गुप्ता र रबिन पौडेल रहेका थिए भने निर्णायकको भूमिका इन्जिनियर अभय कर्ण र इन्जिनियर विकास गुप्ताले निभाएका थिए।

समापन कार्यक्रममा बोल्दै अरनीको कलेजका प्रिन्सिपल राजेश कार्कीले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै प्रविधिमा पनि दक्ष बनाउन यस्ता अतिरिक्त क्रियाकलापमा जोड दिइएको बताए। उनले भने, ‘हामीले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि आधुनिक प्रविधि र प्रयोगात्मक शिक्षालाई सधैं प्राथमिकतामा राखेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर