AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतला भित्र ७१ शैय्याको बर्थिङ सेन्टर सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ माघ २०७८, शनिबार १६:५२
423
Shares
विराटनगर / विराटनगरस्थित कोशी अस्पताल भित्र ७१ शैय्याको बर्थिङ सेन्टर संचालनमा आएको छ । सुरक्षित मातृत्वको सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल भित्र बर्थिङ सेन्टर संचालनमा आएको हो ।

बर्थिङ सेन्टरबाट सम्पूर्ण प्रकारको प्रसुती सेवाहरु प्रदान हुनेछ । बर्थिङ सेन्टरबाट शल्यक्रियादेखि सामान्य तरिकाले प्रसुती गराउने अस्पतलले जनाएको छ । यसअघि जिर्ण र पुरानो भवनबाट प्रसुती सेवा प्रदान गरिदै आएको थियो । अहिले सुविधा सम्पन्न भवनबाट सेवाप्रभाव गरेपछि विरामीको उपचारमा सहजता हुने कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मेसु डा. चुमनलाल दासले जानकारी दिए । ‘पुरानो भवन जीर्ण र फोहोर थियो । पर्याप्त बेडहरु पनि थिएनन् । सेवा प्रवाह पनि चुनौतीपुणर् र कठिन थियो,’ उनले भने, ‘तर, अब त्यो समस्याको हल भएको छ । अब नयाँ भवनबाट विरामीलाई सेवा प्रवाह गर्नेछौं ।’

अमेरिकी सेनाद्वारा निर्माण सम्पन्न सुविधा सम्पन्न बर्थिङ सेन्टरले एक कार्यक्रमको आयोजना गरि अस्पताललाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएको उक्त बर्थिङ सेन्टर हप्तादिन भित्रै सञ्चालनमा आउने अस्पतालले जनाएको छ । बर्थिङ सेन्टरमा ७१ बेडका साथै अन्य सम्पुणर् अत्याधुनिक सेवा सुविधाहरु उपलब्ध छन् । बर्थिङ सेन्टरका लागि कोशी अस्पतालसँग हाल ८ जना बिशेषज्ञ डाक्टरहरु छन् । सेवा प्रवाहसँग थप स्वास्थ्य जनशक्ति परिचालन गर्ने अस्पतालले जनाएको छ ।

दुईतलाको संरचना रहेको मोरङ बर्थिङ सेन्टरको निमार्ण कार्य २०७७ असार अन्तिम सातादेखि सुरु भएको थियो । केही दिनअघि मात्रै निर्माण सम्पन्न भएको उक्त बर्थिङ सेन्टर १.२ मिलियन अमेरिकी डलर अर्थात् करिब १२ करोड रुपैयाँ बढीको लागतमा उक्त बर्थिङको निमार्ण कार्य सम्पन्न भएको हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि.का निर्देशक खेमराज खनालले बताए । बर्थिङ सेन्टरमा हाल २ वटा अपरेशन थिएटर, डेलिभरी रुम र ब्लड रेफ्रिजेरेटर लगायतका सुविधाहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर