विरामीको मृत्युपछि विराटनगरको म्याक्स हस्पिटल तनाबग्रस्त, कारवाहीको माग राख्दै प्रर्दशन

खबर पूर्वाञ्चल, १ फाल्गुन २०७७, शनिबार १७:०५

विराटनगर/ प्रदेश १ को राजधानी विराटनगरको महेन्द्रचौकमा रहेको म्याक्स इन्टरनेश्सन हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचारको क्रममा विरामीको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ ।

मोरङको जहदा गाउँपालिका – ४ की २५ वर्षिय रन्जना महतोको उपचारको क्रममा आज विहान मृत्यु हो । विरामीका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै अस्पताल अगाडी आज दिउँसो नाराबाजी गर्दै आएका छन् । उनीहरूले लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्नुको साथी पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने माग राख्दै अहिले अस्पताल अगाडी नाराबाजीमा उत्रेका छन् । मृतकका आफन्तले नाराबाजी गर्दै प्रर्दशनमा उत्रिएपछि अस्पताल अगाडी मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा दिएको छ ।

गत पुस १६ गते रन्जनाले खाना पकाउने क्रममा शरिरको विभिन्न भाग जलेको थियो । उनलाई तत्काल उपचार गरिन विराटनगरस्थित कोशी अस्पतल लगिएको थियो । कोशीमा उपचार नहुने भएपछि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान रेफर गरिदिएको भएपनि एम्बुलेन्स चालकले म्याक्स हस्पिटल लिएर आएको विरामीका देवर विरेन महतोले जानकारी दिए । कमिसन पाउने चक्करमा एम्बुलेन्स चालकले म्याक्स पु¥याएको उनीहरुको भनाई छ ।

‘अस्पतालमा करिब ढेड महिना उपचार गरिम । अहिलेसम्म १२ लाख रुपैयाँ सकियो । तर, भाउजुको स्वास्थ्यमा कुनै सुधार आएन,’ विरेनले भने, ‘भाउजुको उपचार १७ धुर जग्गा बेचेर र चन्दा संकलन गरेर उपचार गरेका थियौं । हस्पिटल र चिकित्सकको लापरबाहीले बचाउन सकिनौं ।’ हिजो दिउँसोसम्म राम्रोसँग बोलेको भाउजुको आज विहान १ गते मृत्यु भएको हस्पिटलका कर्मचारीले जानकारी दिएको उनले बताए ।

लापरवाही गर्ने चिकित्सकलाई कारवाही नभएपछि शव नबुझने उनीहरूको भनाई छ । मृतकको चार वर्षको छोरी र २ वर्षको छोरा रहेका छ ।

यता हस्पिटल प्रशासनले विरामीको मृत्युको विषयमा कुनै जानकारी गराएको छैन । घटनाको विषयमा सम्र्पक गर्नखोज्दा अस्पताल प्रशासन सम्पर्ककमा आएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५