animated ellipse animated ellipse

काँग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था राजनीतिक प्रणालीको उपज हो : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ श्रावण २०८१, सोमबार १८:२५
81
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताएका छन् ।

आज पुष्पलाल स्मारक समिति विराटनगरले आयोजना गरेको पुस्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले खेलेको भूमिका र संघर्षको कारण राजनीतिक परिवर्तन भएको बताए।

नेकपा एमाले नेपाल कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको र एमालेले नै कम्युनिष्टहरुलाई एकता गरेर लाने मुख्यमन्त्री कार्कीले बताए। बामपन्थी पार्टी र प्रजातान्त्रिक पार्टी मिलेर निरंकुशता ढाल्नु पर्छ भन्ने विचार पुष्पलालको भएको र सोही जगमा २०३६ सालको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेको चर्चा गर्दै उनले यसैको बलमा २०४६ सालमा आन्दोलन सफल भएको बताए।

मुख्यमन्त्री कार्कीले अहिले काँग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था राजनीतिक प्रणालीको उपज भएको बताउँदै परिवर्तनका लागि बामपन्थी र प्रजातान्त्रिक दल मिल्नु आजको आवश्यक्ता भएको स्पष्ट पार्नुभयो । यो सहकार्यले संविधानलाई अझ परिस्कृत पार्दै राजनीतिलाई सङ्लो बनाउन सहयोग गर्ने उनको धारणा छ ।

कार्यक्रममा १०१ वर्षीय बामपन्थी कार्यकर्ता नरबहादुर लिम्बुलाइ १० हजार नगदसहित सम्मान गरिएको थियो । यसै गरी पुष्पलाल स्मारक समितिले आयोजना गरेको खुला कविता प्रतियोगिताका विजेताहरुलाई समेत पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने मोरङकी कवि लक्ष्मी रायमाझी, द्धितिय हुने नुवाकोटका सुजन डोटेल तृतीय हुने विराटनगरकी रीता पाठक तथा सान्त्वना पुरस्कार प्राप्त गर्नेहरु सुनसरीका युवराज दाहाल र विराटनगरकी लक्ष्मी घिमिरे रेग्मीलाई पुरस्कार वितरण गरिएको हो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कविहरूले क्रमशः पाँच, तीन, दुई र एक–एक हजार नगद पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर