खबर पूर्वाञ्चल
जतन पुरेपोखरेल वंश प्रतिष्ठानका अध्यक्ष राधाकृष्ण पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिरहाको कजुना गाँउँपािलकाका अध्यक्ष भोला पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो । सो अबसरमा समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउने पोखरेल बन्धुहरुलाइ दोसल्ला र सम्मानपत्र समपर्णगरी प्रमुख अतिथी पोखरेलले सम्मान गरे ।
करिब एकसय पचास पोखरेल बन्धुहरुको सहभागिता रहेको पोखरेल बंश प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष विष्णु पोखरेलले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष राधाकृष्ण पोखरेले प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गरे भने आजिवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रेस युनीयन मोरङका सचिव पत्रकार गोपालप्रसाद पोखरललाई समेत सम्मान गरिएको थियो । अध्यक्ष पोखरेलले दोसल्ला , खादा र माला लगाएर सम्मान गरे ।