AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एभरेष्ट र डिजी स्कुलबिच सम्झौताः अब युकेको एनसीसी प्रमाणित कोर्ष पढाई हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० फाल्गुन २०८०, बिहीबार १८:२९
1.87k
Shares
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले कम्प्यूटर प्रविधिको उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि डिजी स्कुलसँग सहकार्यका लागि सम्झौता गरेको छ ।

यूकेको एनसीसी सर्टिफाइड (प्रमाणित) डिजी स्कुलको कोर्षलाई आउँदो शैक्षिकसत्रबाट अध्ययापन सुरु गर्न एभरेष्ट स्कुलले सम्झौता गरेको हो । फागुन ७ गते एभरेष्ट कार्निभलको दौरान घोषणा गरेका प्रिन्सिपल टिकाराम पुरीले तीन दिन भित्रै सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । विश्वस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ अघि बढेको एभरेष्टका लागि कम्प्यूटर प्रविधि सिकाउने विश्वकै प्रतिष्ठित संस्थासँगको सहकार्यबाट यहाँका विद्यार्थीहरु समेत लाभान्वित हुने उनले विश्वास ब्यक्त गरे।

सम्झौतापत्रमा आज डिजी स्कुल नेपालका सिईओ राजु बानियाँ र एभरेष्ट स्कुलका प्रिन्सिपल पुरीले हस्ताक्षर गरे। आगामी शैक्षिक सत्रमा कक्षा ३ देखि ८ सम्म डिजी स्कुलको कोर्ष अध्ययापन गराउने तयारी गरेको विद्यालयका भाइस प्रिन्सिपल नारायण कडरीयाले बताए। ‘विद्यार्थीहरूको कम्प्यूटर सीप क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको एक अत्यधुनिक कार्यक्रम, डिजी स्कूलको सहकार्यसँगै डिजिटल शिक्षामा एभरेष्टले अग्रगामी कदम चालेको छ,’ कडरीयाले भने,‘संसारभर प्रतिष्पर्धि बन्न सक्ने जनशक्ति उत्पादन गर्ने एभरेष्टको लक्ष्यका लागि यो कदम कोशेढुङ्गा हो । सिक्ने अवसरहरू प्रदान गर्न एभरेष्ट प्रतिबद्ध रहेको अर्को प्रमाण पनि हो ।’

प्रविधि, सीप र सस्कारलाई समेत समेटेर अध्यापन गराउँदै आएको एभरेष्टले रातो बंगला फाउण्डेसन र कारखानासँग यसअघि नै सहकार्य गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर