RUMPUM
animated ellipse animated ellipse

विचल्लीमा परेका नागरिकको पुर्नःव्यवस्थापनको माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ जेष्ठ २०७७, सोमबार १८:५३
3
Shares
विराटनगर / प्रदेश १ का प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले लकडाउनका कारण बिचल्लीमा परेका आम नागरिकहरुको पुर्नव्यवस्थापनका लागि प्रदेश सरकारसँग माग गरे ।

प्रदेशसभा बजेट अधिवेशनको पाँचौं बैठकको शून्य समयमा बोल्दैै लिम्बूले यस्तो माग गरेका हुन् । उनले विचल्लीमा परेका आम नागरिकलाई पुर्नव्यवस्थापनका लागि दोस्रो चरणको राहत प्याकेज घोषणा गरिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।

आजको प्रदेशसभा बैठकमा प्रदेश वनको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक माथिको सैद्धान्तिक छलफलको क्रममा बोल्दै सांसद उपेन्द्रप्रसाद घिमिरेले विधेयमा केही बिषय अस्पष्ट रहेको जानकारी गराए । त्यस्तै सांसद ओमप्रकाश सरावगीले निजी वन लगाउने जनताहरुलाई प्रोत्साहित गर्न उनीहरुले लगाएका जुनसुकै जातका बोटबिरुवालाई रोयल्टी लिएर बिक्री वितरण गर्न दिईनुपर्ने धारणा व्यक्त गरे ।

प्रदेश १ प्रदेशसभा बजेट अधिवेशनको अर्काे बैठक भने जेठ २० गते मङ्गलबार दिनको १ बजे बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर