animated ellipse animated ellipse

साहित्यकार प्राज्ञ दधिराज सुवेदीको निधन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ चैत्र २०८०, बुधबार ०८:४४
576
Shares
विराटनगर / साहित्यकार प्राज्ञ दधिराज सुवेदीकोआज निधन भएको छ ।

सुवेदीको आज विहान ७७ वर्षको उमेरमा आज विहान ३ बजे उपचारकै क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो ।२००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका उनका दुई छोरा, एक छोरी र श्रीमती छन् ।

पछिल्लो केही समययता क्यान्सर रोगबाट पीडित भएका थिए । उनको विराटनगरस्थित परोपकार घाटमा आज दाहसंस्कार गरिने उनका छोरा सरदराज सुवेदीले जानकारी दिए ।

नेपाली भाषा र साहित्यमा योगदान दिएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर सक्रिय थिए । कर्मशील ब्यक्तित्व रूपमा परिचित उनले खोज तथा अनुसन्धानमुलक दर्जनौं ऐतिहासिक पुस्तक लेखेका छन् । विराटनगरको इतिहास उधिनेर पुस्तकको रुप दिएका सुवेदी लेखन र समालोचना गर्न मन पराउँथे ।

भाइ दिनेशराज सुवेदीका अनुसार नगरपञ्चायतमा बहिदार पदबाट उनको जागिरे जीवन सुरु भएको थियो । पछि नेपाल खानेपानी संस्थान स्थापना हुँदा नगरपालिकाको एक फाँटअन्तर्गत काम गरेर निवृत्त भए । विराटनगरमा आदर्शरात्री र कन्या क्याम्पस स्थापना भएपछि त्यहाँ केही वर्ष पढाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर