AArya
animated ellipse animated ellipse

कोरोनाविरुद्धको खोप उपलब्ध गराउँन अन्तर्राष्ट्रिय समुदायसँग विराटनगर महानगरपालिकाको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ असार २०७८, शनिबार १७:५५
1.13k
Shares
फाइल तस्वीर
विराटनगर / विराटनगर महानगरपालिकाले कोरोनाविरुद्धको खोपका साथै स्वास्थ्य सामग्री सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

महानगर प्रमुख भीम पराजुलीले आज एक विज्ञप्ती जारी गरी महानगरसँग भगिनी सम्बन्ध स्थापित भएका र हुनगइरहेका विभिन्न देशका सहरहरुका साथै महानगरमा काम गर्दै आएका अन्तर्राष्ट्रिय संघ संस्थालाई सहयोगका लागि आग्रह गरेका हुन् ।

प्रमुख पराजुलीका अनुसार विराटनगरलाई सहयोग गरिरहेका अन्तर्राष्ट्रिय संघ संस्था र विराटनगरसँग भागिनी सम्बन्ध बनाएका विभिन्न देशका सहरहरूलाई खोपमा उपलब्ध गराउन आग्रह गरिएको छ ।

चीनको उहान र उहुँ सहर, अमेरिकी युएसआइडी, जापानको जाइका तथा सिटिनेट डिआरआरलाई खोप उपलब्ध गराउन आग्रह गरिएको उनले बताए । त्यस्तै बेलायतको डिएआइडी, स्विजरल्यान्डको हेल्विटास, कोरियाको काइका र सिटिनेट सचिवालय सियोल भारत जर्मनीलगायतका देशहरुका दुतावासमार्फत खोप सहयोग गर्न आग्रह गरिएको छ ।

अन्तर्राष्ट्रिय संघ संस्थाबाट सहयोग पाउने अपेक्षा गरिएको उनले बताए । ‘हामीले दाताहरूलाई आग्रह गरेका छौँ,’ उनले भने, ‘उताबाट सहयोग आउने अवस्था भए सङ्घीय सरकारको समन्वयमा सहयोग ल्याउँछौँ ।’

दाताहरूलाई भ्याक्सिन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर भिटिएम, एन्टिजेन किटलगायत सामग्री सहयोगका लागि आग्रह गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर