खबर पूर्वाञ्चल

तालिममा प्रेस चौतारीमा आवद्ध पत्रकार, सञ्चारकर्मी सहभागिता रहेको थियो। तालिम सहजीकरण प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईले गरेका छन्। भट्टराईले समाचार लेखन, सामग्री सम्पादन, तथ्य जाँच डिजिटल सुरक्षा, एआई उपकरणको प्रयोग र सामाजिक सञ्जालमा प्रभावकारी उपस्थिति कसरी कायम राख्ने भन्नेबारे व्यावहारिक ज्ञान प्रदान गरेका थिए।
प्रेस चौतारी मोरङकी अध्यक्ष चिना थापाले तालिमले सञ्चारकर्मीहरूलाई प्रविधिसँग अभ्यस्त बनाउने बताइन्। उनले भनिन्, डिजिटल युगमा सञ्चारकर्मीहरूलाई एआई र डिजिटल मिडिया प्रयोग गर्नसक्ने बनाउनु आजको आवश्यकता रहेको बताइन् ।