AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल बुद्धिजिवी परिषद मोरङको अध्यक्षमा डा. पोखरेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० चैत्र २०८१, आईतवार १५:०३
1.13k
Shares
विराटनगर / नेपाल बुद्धिजिवी परिषद मोरङको अध्यक्ष मा डा. डिल्ली पोखरेल निर्वाचित भएका छन् । परिषदको विराटनगरमा सम्पन्न भएको दशौं जिल्ला अधिवेशनले डा. पोखरेललाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो।

त्यसैगरी अधिवेशनले उपाध्यक्षमा रीता पाठक दाहाल, सचिवमा गोविन्द निरौला, उपसचिवमा सानु जोशी र सिताराम खतिवडा तथा कोषाध्यक्षमा नरेन्द्र खड्‌कालाई चयन गरेको छ । ३५ सदस्यीय जिल्ला समितिमा १७ पालिका र विभिन्न पेशा तथा क्षेत्रको प्रतिनिधित्व रहने गरी सदस्यहरु चयन गरिएको कुरा निवर्तमान अध्यक्ष सोमराज थापाले बताए।

यस अधि अधिवेशनको उद्‌‌घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय उपाध्यक्ष गुरु बारालले देशको विकास र सम्वृद्दिका लागि बुद्धिजीवीहरुले सोच्नु पर्ने र सोहि अनुसार नेतृत्वलाई मार्ग निर्देश गर्नु पर्ने बताए। कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु रामलाल साह, जिवन घिमिरे, युवराज बास्कोटा , परिषदका पुर्व अध्यक्ष टीका राम पुरी , केन्द्रीय उपाध्यक्ष राधा अधिकारी , केन्द्रीय सचिब यज्ञ प्रसाद शर्मा लगायतले शुभकामाना दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर