विराटनगरका विद्यालय भोलीदेखि बन्द

खबर पूर्वाञ्चल, २८ पुष २०७८, बुधबार १५:५५

विराटनगर / कोरोना महामारी फैलिएपछि विराटनगर महानगरपालिकाले विहिबारदखि पालिकाभित्र रहेका सम्पुर्ण विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ ।

महानगरले आज सूचना प्रकाशित गर्दै पुस २९ गतेबाट माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

विद्यालय पूर्वनिर्धारित परीक्षा भने शुक्रबारसम्म सञ्चालन गर्न पाउने महानगरपालिकाले बताएको छ । विद्यालयको बर्से र हिउँदे बिदामा कटौती हुने गरी माघ १५ गतेसम्मका लागि बिदा दिन सूचना जारी गरेको छ ।

शुक्रबारसम्मका पूर्वनिर्धारित परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न महानगरले निर्देशन दिएको छ । सङ्घीय सरकारले पुस २६ गतेबाट विद्यालय बन्द गर्न निर्देशन दिए पनि विराटनगरका विद्यालय सञ्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५