खबर पूर्वाञ्चल
प्रतियोगिता अन्तर्गत आज भएको खेलमा दमकले विराटनगरको मर्निङ भेट्रान क्लबलाई टाइब्रेकरमा ५–४ गोलमा हराउँदै सेमिफाइनल पुगेको हो । खेलको निर्धारित समयमा दुवै टोलीको २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो ।
मध्यान्तर अघिसम्म दमक २ गोलले अगाडि रहेको थियो भने मध्यान्तरपछि विराटनगरले २ गोल फर्काउँदै खेल बराबरी पारेको हो । सोमबार विराटनगरमै भएको मिल्स भेट्रान गोल्डकपको उपाधि जितका लागि यी दुवै टोली खेलेका थिए । बराबरी गोल भएपछि भएको टाइब्रेकर ४–३ गोलमा दमक विजयी भएको थियो ।
दमकका लागि देउमान लिम्बू, पुष्कर धिमाल, पेमा तामाङ, एलबी आले र सुवास आङ्थुपोले गोल गरे । त्यस्तै विराटनगरका सुमन श्रेष्ठ, सुजन शाक्य, विष्णु सुनुवार र रानुप्रताप राना मागरले गोल गरे भने स्माइल मियाँ गोल गर्न चुकेका थिए ।
खेलको १२ औं मिनेटमा दमकका सुवास आङ्थुपोले गोल गर्दै टोलीलाई अग्रता दिलाए । पुनः आङ्थुपोले १५ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीको गोल संख्या दोब्बर बनाए ।
४८ औं मिनेटमा दमकका खेलाडीको डिबक्सभित्र ह्याण्ड भएपछि पाएको पेनाल्टीमा विराटनगरका सुमन श्रेष्ठले गोल गरे । ५२ औं मिनेटमा विराटनगरका सुजल शाक्यले गोल गर्दै खेल बराबरी पारे ।
खेलको म्यान अफ द म्याच दमकका सुवास आङ्थुपोलाई युवा उद्योगी व्यवसायी मनोजविक्रम शाहले पुरस्कार प्रदान गरे ।
सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध र पेमा युवा क्बलले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको सेमिफाइनल खेल झापा दमकको दमक–लखनपुर भेट्रान क्बल र विराटनगरको विन्ध्यवासिनी भेट्रान क्बलबीच हुनेछ ।