AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा २३ सहित प्रदेश १ मा ८३ जनामा संक्रमण पुष्टि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ कार्तिक २०७८, बिहीबार १७:००
927
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २८, सुनसरीमा ११, उदयपुर र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको मेचीनगरमा ८, भद्रपुरमा ६, कनकाईमा ५, दमकमा ४, बुद्धशान्तिमा ३, शिवसताक्षी, विर्तामोड र अर्जुनधारामा २–२, कमल गाउँपालिकामा १, मोरङको विराटनगरमा २३, सुन्दरहरैचामा ५, सुनसरीको इटहरीमा ८, धरानमा ३, उदयपुरको त्रियुगा र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३५ महिला र ६४ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर