RUMPUM
animated ellipse animated ellipse

बाल मृत्युदर घटाउनका लागि योजनाबद्ध रुपमा लाग्न मुख्यमन्त्री कार्कीको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ कार्तिक २०८०, मंगलवार १५:३३
90
Shares
विराटनगर / कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको प्रदेशस्तरिय एकिकृत बार्षिक समीक्षा गोष्ठी आज देखि विराटनगरमा शुरु भएको छ ।

समीक्षा गोष्ठीको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको स्वास्थ्यलाई ध्यान दिन आग्रह गरे । उनले बाल मृत्युदर, मातृ मृत्युदर घटाउनका लागि योजनाबद्ध रुपमा लाग्न पनि आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले सरकारले दिएको सुविधा दुर्गम क्षेत्रका जनताले पाएकी पाएनन् त्यसमा पनि ध्यान दिन निर्देशन दिए । उनले भने,‘ सरकारले दिएको सुविधा जनताले पाउनु प¥र्यो, उनीहरुको गुनासो आउनु भएन ।’ सरकारको ध्यान सुशासनमा केन्द्रीत भएको मुख्यमनत्री कार्कीले बताए । उनले भने,‘ सरकार अब अलमलमा छैन, सुशासनमा ध्यान दिन्छ ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेशमा स्वास्थ्य सम्वन्धी नीति नबन्दा समस्या भएको बताए । स्वास्थ्य नीति नबन्दा कार्यक्रम, योजना बनाउन पनि समस्या भएको उनको भनाई छ । निर्देशक वस्नेतले भने,‘ स्वास्थ्य ऐन आयो, नियमावली बन्न सकेको छैन ।’

तीनदिन सम्म विराटनगरमा हुने बार्षिक समीक्षा गोष्ठीमा आ.व. २०७९–०८० मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको प्रगती समीक्षा हुने छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल, स्वास्थ्य तालिम केन्द्र, आयुर्वेद कार्यालय, आयुर्वेद अस्पतालहरुले गरेको प्रगित, योजनाहरु तथा समस्याहरुबारे प्रस्तुती गर्ने भएका छन् ।

प्रदेश स्तरिय एकिकृत समीक्षा गोष्ठीमा दिगो विकास लक्ष्य प्राप्तीका लागि कोशी प्रदेश सरकारको स्वास्थ्य सम्वन्धी रणनीतिक प्राथमिकताका विषयमा छलफल गरिने स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका निर्देशक वस्नेतले जानकारी दिए । सो छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति तथा योजना महाशाखा प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोशी प्रदेशका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश योजना आयोग, स्वास्थ्य मन्त्रालयका सचिव, जनस्वास्थ्य विज्ञ, स्थानीय तहका प्रमुखहरुको सहभागिता रहने उहाँले निर्देशक बस्नेतले बताए ।

गोष्ठीमा एआईएन र अफिनले पनि खोप, गर्भवती तथा सुतकेरी सेवा, कालाजार, दादुरा, मलेरिया, एचआईभी निवारण, क्षयरोग अन्त्य र नसर्ने रोगको न्युनीकरण, स्वास्थ्य वीमा लगायतका विषयमा प्रस्तुतीकरण तथा छलफल कार्यक्रम गरिने निर्देशक वस्नेतले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर