RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा थप ९०२ जना संक्रमण मुक्त, ४६२ जनामा संक्रमण पुष्टि र ४ जना संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ जेष्ठ २०७८, शुक्रबार १७:४३
1.34k
Shares
विराटनगर/ पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा थप ९०२ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोहि अवधिमा प्रदेश १ मा ४६२ जना कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा १८४, झापामा १०९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, ते¥हथुम र इलाममा ७–७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १०१, सुन्दरहरैचामा ३५, पथरीशनिश्चरेमा १८, उर्लाबारीमा ११, बुढीगंगामा ५,रतुवामाई र बेलबारीमा ३–३, रंगेली, सुनबर्षी, कटहरी र स्थानीयतह नखुलेका २–२, झापाको विर्तामोडमा २१, हल्दिबारीमा १५, कनकाईमा १३, दमकमा १२, शिवसताक्षीमा ९, अर्जुनधारा र भद्रपुरमा ८–८, झापागाउँपालिकामा ५, बुद्धशान्ति, मेचीनगर र कमलगाउँपालिकामा ४–४, गौरीगञ्ज र बा¥हदशीमा २–२, गौरादह र कचनकवलमा १–१, सुनसरीको इटहरीमा ४५, धरानमा ३०, बराहक्षेत्रमा ६, दुहवी र रामधुनीमा ५–५, हरिनगरमा २, गढी, देवानगञ्ज , इनरुवा र स्थानीयतह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ६, शहिदभूमीमा २, पाख्रिवास, महालक्ष्मी र स्थानीयतहनखुलेका १–१, संखुवासभाको खाँदबारीमा ४, चैनपुरमा २ र स्थानीयतहनखुलेका ३, ते¥हथुमको म्याङलुङमा ५, लालीगुराँसमा २, इलामको इलामनगरपालिकामा ३, चुलाचुलीमा २, रोङ र सुर्योदयमा १–१, उदयपुरको बेलका, उदयपुरगढी र स्थानीयतहनखुलेका २–२, , पाँचथरको फिदिममा २, ताप्लेजुङको मिक्वाखोला र फक्ताङलुङमा १–१,भोजपुरको पौवादुङ्मा र स्थानीयतहनखुलेका १–१, र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ६४ हजार ८५५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५८१ रहेको छ । प्रदेश १ मा आज १ हजार ३७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २१० महिला र २५२ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ भर संक्रमणबाट ४ जना पुरुषको मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३०३ महिला र ७२८ जना पुरुष गरी १०३१ पुगेको छ ।

मृत्यु हुनेमा झापाका २ जना तथा मोरङ र सुनसरीका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा र मेची कोभिड अस्पताल झापामा १–१ जना तथा अन्य र होम आइसोलेनसमा १–१ जना संक्रमितको मृत्यु भएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर