animated ellipse animated ellipse

लागुऔषधसहित चार जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ भाद्र २०७७, शनिबार २०:१४
657
Shares
विराटनगर / प्रहरीले मोरङका दुई अलगअलग स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

केराबारी गाउँपालिका–१० गैरीगाउँबाट सुनसरीको धरान उपमहानगरपालिका–१५ का १९ वर्षीय अजय तामाङ, २२ वर्षीय च्यामन राई र मोरङको लेटाङ नगरपालिका–७ का १८ वर्षीय रोहन राई पक्राउ परेका हुन् । पैदल हिँडिरहेका उनीहरुको साथबाट एक किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । त्यस्तै इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले भारतीय नागरिक १८ वर्षीय दिपेश यादवलाई लागुऔषध डाइजेपाम ७५ एम्पुलसहित पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर