RUMPUM
animated ellipse animated ellipse

विद्यार्थी नेता छान्न विद्या भूमि स्कुलमा मतदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० बैशाख २०८०, शनिबार १९:१९
414
Shares
विराटनगर/ विराटनगर–५, मुनालपथमा रहेको विद्या भूमि स्कुलमा विद्यार्थीहरुले आफ्नो नेता छान्न शुक्रबार मतदान गरेका छन् ।

विद्यालयको हेड गर्ल र हेड ब्वाई छान्नका लागि मतदान गरेका हुन् । कक्षा २ देखि १० सम्मका दुई सयबढी छात्र छात्रा मतदानमा सहभागी भए ।

विद्यार्थीलाई मतदान बारे जानकारी दिन र नेता छान्ने प्रकृया बुझाउनका लागि मतदान गरिएको विद्यालयका प्रिन्सिपल पराग ढुंगानाले बताए । विद्यालयमा मतदान गरेर नेता चयन गर्दा विद्यार्थीले निर्वाचन र मतदान कसरी गर्ने भन्नेबारे व्यवहारिक ज्ञान पाउने उनले बताए ।

विद्या भूमि स्कुलले सैद्धान्तिक ज्ञानसगै व्यवहारिक र जीवनोपयोगी सीप सिकाउँदै आएको प्रिन्सिपल ढुंगानको भनाइ छ । विद्यार्थीको कक्षा र उमेर अनुसार उस्ले जान्ने पर्ने सीपहरु विद्यालयले दिदै आएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर