animated ellipse animated ellipse

धरानका प्रमुख हर्क साम्पाङले सामाजिक द्वन्द्व बढाएको पत्रकार महासंघको निष्कर्ष

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ पुष २०८१, आईतवार १८:३०
45
Shares
विराटनगर / नेपाल पत्रकार महासंघले सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख र्हकराज राई (हर्क साम्पाङ)ले आफूलाई कानुनभन्दा माथि राखेर सामाजिक द्वन्द्व बढाएको निष्कर्ष निकालेको छ ।

राईका कारण सामाजिक दुरी र द्वन्द्व बढ्दै गएको निष्कर्ष महासंघले निकालेको हो । धरानका पत्रकार गोपाल दाहालबारे स्थलगत अध्ययन गर्न गठित समितिको प्रतिवेदन आइतबार सार्वजनिक गर्दै महासंघले मेयर राईले अधिकार दुरुपयोग गरी आफूलाई कानुन भन्दामाथि राख्न खोजेको ठहर गरेको छ । महासंघले केन्द्रीय सदस्य कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष भरतबहादुर खड्का, सुनसरी शाखा अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बाले सबै दलसँग छलफल गरी तयार पारेको स्थलगत प्रतिवेदन सार्वजनिक गर्दै धरानका मेयरबाट सामाजिक द्वन्द्व बढाउने गतिविधि भइरहेको ठहर गरेको हो ।

प्रमुख राईले आफ्नो आलोचना गर्नेहरू, नगरमा भएका बेथितिबारे समाचार लेख्नेहरूलाई गाली बेइज्जत गर्ने, समर्थकहरूबाट धम्की दिन लगाउने, भौतिक आक्रमणसम्म गर्ने र थप समाचारहरू लेख्न नसक्ने बनाउनेसम्मका हर्कत गरिरहेको महासंघको ठहर छ । महासंघले पत्रकार गोपाल दाहाललाई ज्यान मार्नेसम्मको धम्की दिइएको घटनाले पत्रकारिता तथा पत्रकारको सुरक्षा र स्वतन्त्रता जोखिममा परेको निष्कर्ष निकालेको छ ।

महासंघले साङपाङले सुरु गरेको श्रमदानको अभियान सकारात्मक रहेपनि आर्थिक कारोबारमा पारदर्शिताको गम्भीर प्रश्न उठेको बताएको छ । प्रतिवेदनको निष्कर्षका आधारमा थप छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न महासंघको केन्द्रीय कार्यसमितिले गृहमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई भेटेर प्रतिवेदन हस्तान्तरण गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर