AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लागुऔषध कारोबारीलाई रोक्न प्रहरीले चलायो गोली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ बैशाख २०८३, मंगलवार ०८:०६
45
Shares
विराटनगर / भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि मोरङको रतुवामाई नगरपालिकामा हिजो राति प्रहरीले गोली चलाएको छ ।

भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले हवाइ फायर गर्दै एक जना युवालाई नियन्त्रणमा लिएको छ ।

रतुवामाई नगरपालिका–१ हटिया डाँडामा राति करिब ८ः२० बजेतिर गोली चलेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । गोली हानेर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार युवकलाई पक्राउ गरिएको उनले बताए ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोजेको थियो । प्रहरीलाई देख्नासाथ मोटरसाइकल लिएर चालक भाग्ने प्रयास गरेपछि इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बूले चाइनिज पेस्तोलबाट दुई राउण्ड हवाइ फायर गरेको एसपी कटवालले बताए ।

हवाई फायर गरेर प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–१ सोनापुर बस्ने २१ वर्षीय मोहम्मद आविद मियाँ रहेका छन् । उनको साथबाट कालो प्लास्टिकमा प्याक गरिएको ५ पोका लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको छ । प्लास्टिकसहित ४७५ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मियाँलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवामा राखी थप अनुसन्धान अघि बढाइएको एसपी कटवालले बताए । उनका अनुसार भारतबाट लागुऔषध नेपाल भित्राउँदै गरेका मियाँलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हो ।

मियाँ लामो समयदेखि लागुऔषधको धन्दामा संलग्न रहेको प्रहरीको भनाइ छ । मोरङमा पछिल्लो समय सीमा नाकाबाट लागुऔषध ओसारपसारका घटनाहरू बढ्दै गएका छन् । प्रहरीको सक्रियतासँगै यस्ता घटनामा संलग्न व्यक्तिहरू धमाधम पक्राउ परिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर