पूर्वाञ्चल खबर
साधारण सभामा बोल्दै प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मंत्री हिकमतकुमार कार्कीले समाज रुपान्तरणका निमित्त सहकारी संघ÷संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको कुरा बताए । उनले मुलुकको बर्तमान महामारीको अवस्थामा ब्यापक रोजगारी सृजना गरी नेपाली जनतालाई देशमानै बस्न सक्ने अवस्था सृजना गर्नु अहिलेको आवश्यक्ता रहेकोमा जोड दिदै सहकारी क्षेत्र अब उत्पादन, प्रशोधन र बजारीकरणमा अगाडि बढ्नु पर्ने बताए । राष्ट्रिय उत्पादनमा देखिनेगरी प्रदेश १ का सहकारीहरु लाग्न उनले आग्रह गरे ।
संस्थाको प्रतिबेदन वाचन गर्दै संस्थाका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारीको बिकास र विस्तार नै मुलुक सम्बृद्धिको आधार रहेको बताए । उनले संस्थाले ग्रामिण समुदायमा आधारित सदस्यहरुको आर्थिक उन्नतीका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको र कोरोना महामारीको यो बिषम परिस्थितीमा संस्थाका सदस्यहरुको भरपर्दो सहयोगी बन्न सहकारी सफल भएको बताए ।
कार्यक्रममा संस्थाले यो बर्ष कुल १ अरब ७० करोड १९ लाख ९ हजार ८ सय १० रुपैया बराबरको कारोवार गर्न सफल भएको र २ हजार भन्दा बढी सदस्यलाई आवद्ध गरेको बताईएको छ । त्यसैगरी संस्थामा ३ करोड ८० लाख शेयर रकम सहित २५ करोड भन्दा बढी बचत मौज्दात हुनुका साथै करिव २६ करोड रुपैया सदस्यहरु माझ कर्जा प्रवाह गरिएको संस्थाका सदस्य सचिव डिल्ली पोखरेलले जानकारी दिए ।
कार्यक्रममा उद्योगपति दिनबन्धु गोयल र संस्थाद्धारा स्थापित “स्व. ओम प्रकाश –स्टार सहकारी छात्रवृति” वितरण गरिएको थियो । बिभिन्न सामुदायिक बिद्यालयवाट एसईई उतिर्ण ११ जना छात्रछात्रालाई जनही ७ हजारका दरले उक्त छात्रवृति वितरण गर्ने गरिएको छ ।
छात्रवृतिका लागि ७ लाखको अक्षयकोष स्थापना गरिएको छ । यस बर्ष छात्रवृति पाउँनेहरुमा स्तुती खतिवडा, अन्जनाकुमारी राय, सुनैनाकुमारी राजवंशी, मन्जुलाकुमारी तत्मा, सुनिता ढकाल, राहुलकुमार साह, सृजना सरदार, पिन्टु पासवान,कविता रिषिदेव, कामना अधिकारी र शकुन्तला ढकाल रहेका छन् ।
कार्यक्रममा बसन्तीदेवी यादव, विराटनगर महानगरपालिका वडा नं. १२ का अध्यक्ष हिरालाल कामत, जिल्ला सहकारी संघ लि. मोरङ्गका बरिष्ठ उपाध्यक्ष विजयकुमार माझी, सचिव बिरेन्द्र यादवलगायतले बोले ।