animated ellipse animated ellipse

सभामुख निपक्ष नभएसम्म एमालेले संसद अवरुद्ध गर्छ– उपमहासचिव गुरुङ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ पुष २०७८, सोमबार १९:१५
207
Shares
विराटनगर / नेपाल कम्यूनिस्ट पार्टी( एमाले)का उपमहासचिव पृथ्वी सुव्वा गुरुङले प्रदेश १ लगायत अन्य स्थानमा राष्ट्रिय सभाको निर्वाचनमा पार्टीका उम्मेदवार विजयी हुने बताएका छन् ।

आज साँझमा प्रेस चौतारी नेपाल, मोरङले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले केही मत कम भएपनि राप्रपा लगायत अन्य राष्ट्रिवादी, अग्रगामी र प्रगतिशिल पार्टीहरुवीच गठबन्धनवाट पार्टीका उम्मेवार विजयी हुने दावी गरे ।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका गुरुङले मुलुकमा अहिले सङ्घीयताको जग बसेकोले यसलाई सुदृढीकरण गर्न प्रदेश सरकारले कामलाई गतिदिनुका साथै कर्मचारी व्यवस्थापन, कानून निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

सङ्घीय सभामुख निपक्ष नभएसम्म एमाले संसद अवरुद्ध गर्ने उपमहासचिव सुव्वाले बताए । ५ सय मिलियन डलर( ५५÷५६ अर्व) रकमको एमसिसि पास नभए पनि नेपालको विकास अवरुद्ध नहुने बताउर्दै उपमहासचिव सुव्वाले एमाले यसलाई अहिले पास गर्ने पक्षमा नरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर