RUMPUM
animated ellipse animated ellipse

त्रिकोणात्मक टि–२० क्रिकेट श्रृंखलामा घरेलु टोली नेपालको विजयी शुरुवात, पीएनजी १५ रनले पराजित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ चैत्र २०७८, सोमबार १६:५०
171
Shares
विराटनगर/ त्रिकोणात्मक टि–२० क्रिकेट श्रृंखलामा घरेलु टोली नेपालले विजयी शुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको श्रृंखलाको पहिलो खेलमा नेपालले पाउना टोली पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको हो ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ दशमलव २ बलमा सबै विकेट गुमाएर १६८ रनमा अलआउट भयो । उसका नोर्मान भानुवाले सर्वाधिक ५२ रनको योगदान गरे । उनले २९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । भानुवा बाहेक सेसे बाउले ३० रन , चाल्र्स अमिनीले २२ रन , लेगा साएकाले २१ रनको योगदान गरेका थिए । नेपालका कप्तान सन्दिप लामिछाने र करण केसीले समान ३–३ विकेट , अविनाश बोहराले २ विकेट र सोमपाल कामीले १ विकेट लिए ।

पीएनजीका लागि नोर्मन छक्का मद्दतमा सर्वाधिक ५२ रन बनाए ।

यस अघि टस जितेर हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाउँदा रोहितकुमार पौडेलले ३४ रन, आरिफ शेखले ३१ रन , कुशल भुर्तेलले २०, करण केसीले १४, कुशल मल्लले ११ रनको योगदान गर्दा सोमपाल कामी एक रनमा आउट भएका थिए । पीएनजीका लागि अलेइ नाओ र चाड सपर र चाल्र्स अमिनीले २–२ विकेट लिँदा नर्मन भानुअ र रिले हेकुरेल १–१ विकेट लिए ।

श्रृंखलामा नेपाल, पिएनजी र मलेसियाको सहभागिता रहेको छ । अब नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । श्रृंखलाअन्तर्गत नेपालले पिएनजी र मलेसियाविरुद्ध २–२ खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर