RUMPUM
animated ellipse animated ellipse

२४ घण्टाभित्र अध्ययन गर्ने वातावरण सहज नबनाए नोबेल शिक्षण अस्पतालमा तालावन्दी गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० पुष २०७८, मंगलवार १९:२२
1.01k
Shares
विराटनगर / नोबेल शिक्षण अस्पताल विराटनगरमा अध्ययनरत विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोके बमोजिम शुल्क वाहेक अतिरिक्त शुल्क लिने कार्य बन्द नगरेमा भोलिदेखि तालावन्दी गर्ने घोषणा गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले अन्दोलनप्रति एक्यवद्धता जनाउदै आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा १५ औं व्याचका अध्ययनरत विद्यार्थीहरुले आयोगले तोकेको ४४ लाख ३६ हजार ०२५ मध्ये प्रथम वर्षको १४ लाख ७८ हजार ६७५ वुझाएको बाहेक इन्टर्नशिप शुल्क , होस्टललगायत अन्य थप शुल्क गरी २० लाख माग गरी अध्ययनमा बन्चित गरेकोमा अविलम्व सहज पठन पाठनको हुनुपर्ने आगह गरेको छ ।

सो अवसरमा अनेरास्ववियुका नविन पाण्डेले यस सम्वन्धमा अस्पतालका प्रशासन समक्ष आज ज्ञापन पत्र वुझाएको र २४ घण्टाभित्र बार्ताको आव्हान गरी सहज अध्ययन व्यवस्था हुनु पर्ने नभए वाध्यता यस कलेजमा तालावन्दी गर्ने जानकारी दिए ।

उक्त कलेजमा १५ औं व्याचको एमविविएस तर्फ १ सयजना विद्यार्थी अध्ययन रहेकोमा ७० जनालाई अतिरिक्त शुल्क माग गरी अध्ययनमा बन्देज लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर