AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उद्योगले गुणस्तरीय उत्पादन गर्नु पर्ने–प्रदेश प्रमुख अधिकारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ भाद्र २०७८, शनिबार ०८:३१
432
Shares
विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुलुकको व्यापार घाटा कम गर्न उद्योगहरुले गुणस्तरीय उत्पादन गर्नुपर्ने बताएका छन् ।

श्रीरघुपति जुटमिल लिमिटेड विराटनगर रानीको ७५ औँ वार्षिकोत्सबको अवसरपारी प्रदेश प्रमुख अधिकारीलाई उद्योगको शुक्रबार अवलोकन भ्रमणको क्रममा लामो इतिहास बोकेको यस उद्योगले विश्व बजारमा प्रतिस्पर्धा उत्रने उत्पादन गरी आयातलाई प्रतिस्थापन गरी निर्यातमा ध्यान केन्द्रित गर्नु पर्ने आवश्यक्ता रहेको बताए ।

विराटनगर महानगरपालिका वडा नं. १७ रानी स्थित उक्त उद्योगमा दैनिक ६५ हजार मेट्रिकटन जुटका विभिन्न उत्पादन स्वदेशमा खपत गर्नुका साथै विदेशमा निर्यात हुने गरेको छ । उद्योगमा दैनिक तीन हजार श्रमिकहरुले काम गरेको उद्योग प्रशासन जानकारी दिएको छ ।

प्रदेश प्रमुख अधिकारीलाई उद्योगको प्राविधिक टोलीले जुद्धशमसेर राणाका पालाको (२००३) मेसिन हाल पनि उपयोगमा रहेको बताइएको छ । प्रदेश प्रमुख अधिकारीले शुक्रबारै विराटनगर–१८स्थित एकिकृत भन्सार जाँच चौकीको समेत अवलोकन गरे । सो अवसरमा भन्सार चौकीका प्रमुख शिव भण्डारीले आधुनिक प्रविधिको प्रयोग गरी आयात तथा निर्यात सामाग्रीको चेकजाँच गर्ने गरिएको र भारत निर्यात गरिने सामाग्रीको चेकजाँचमा कुनै समस्या नरहेको जानकारी गराए । उक्त चौकी १०४ विघा क्षेत्रफलमा फैलिएको छ ।

प्रदेश प्रमुख अधिकारीले शुक्रबारै विराटनगर–१८ स्थित भेडियारीमा अवस्थित विराट राजाको दरवार अवलोकन गर्नुका संग्राहलयमा राखिएका प्राचिन, पुरातात्विक बस्तुको समेत जानकारी लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर