खाद मलको अभाव र मूल्यवृद्धिको विरोधमा कृषक

खबर पूर्वाञ्चल, २५ असार २०७९, शनिबार १९:००
108
Shares
विराटनगर / खाद मलको अभाव र मूल्यबृद्धिको विरोधमा मोरङमा कृषकहरुले सरकारका विरुद्ध विरोध कार्यक्रम गरेका छन् ।

अखिल नेपाल किसान महासंघको देशब्यापी विरोध प्रदर्शनको कार्यक्रम अन्तर्गत मोरङमा पनि विरोध प्रदर्शन र पत्रकार सम्मेलन गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका जिल्ला अध्यक्ष देवेन्द्र पौडेलले वर्तमान सरकार कृषक र आम जनताको पक्षमा नरहेको पुष्टि भएको आरोप लगाए। उनले कृषिप्रधान देश भन्ने तर मुख्य वाली धान रोप्ने बेलामा कृषकहरु मल र इन्धनबृद्धिको विरोधमा सडकमा उत्रनुपर्ने अवस्था सृजना गरेको भन्दै सरकारको चर्को आलोचना समेत गरे।

कार्यक्रममा नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले वर्तमान सरकार जनताप्रति उत्तरदायी हुनै नसक्ने बताए । उनले वर्तमान सरकारले निर्वाह गरिरहेका भूमीका हेर्दा जुनसुकै बेला नेपाल नेपालीको हुदैन कि भन्ने भय देखिएको बताए । यसैबिच कार्यक्रममा सहभागि कृषकहरुले मल अभाव र चर्को मूल्य बृद्धिले लागत बढ्न गएको तर उत्पादनमा ह्रास आउने हुँदा कृषकरु मारमा परेको बताएका छन् ।

मोरङको कटहरी–३ कि सन्जादेवी सहनीले आफूले प्रति विघा ३५ मनमा ठेक्का लिएर दुई विघामा खेती गरेको भन्दै उनले मल अभावका कारण त्यहि ३५ मन पनि नफल्ने हो कि भन्ने चिन्ता रहेको बताइन्। समयमा पानी र मल पाउँदा ६० देखि ७० मन फल्ने धान यस वर्ष मल अभावका कारण ३५ मन पनि नफल्ने चिन्ता थपिएको भन्दै उनले खर्च भने उसैगरि बढ्दा चिन्ता थपिएको बताइन् ।

अर्का कृषक रंगेली नगरपालिका १ का भोगेन्द्र बस्नेतले एकातिर मलको अभावले कृषकलाई पिरोलिरहेको छ अर्को तिर बढेको पेट्रोलियम पदार्थको मूल्यबृद्धिले खेती गर्न नै मुस्किल भएको बताए। यसअघि प्रति विघामा खेती गर्दा १० हजारमा जोतिने खेती जोत्न अहिले १६ हजार भन्दा बढी लाग्ने गरेको बस्नेतले बताए। ‘एक विघामा धान रोपेदेखि थन्याउँदासम्म कम्तिमा ५० देखि ६० हजार सम्म लागत लाग्ने भन्दै बस्नेतले भने ,‘मल अभावले प्रति विघा ४० मन धान फल्न पनि मुस्किल हुनेभएपछि कृषक कसरी बाच्ने र?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५