RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय शक्ति नेपाल मोरङको संयोजकमा रिजाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ पुष २०७७, बिहीबार १७:४९
1.13k
Shares
विराटनगर / राजतन्त्रसहितको हिन्दू राष्ट्रको मुख्य एजेण्डा लिएर अघि बढेको राष्ट्रिय शक्ति नेपाल मोरङको तदर्थ समिति गठन भएको छ ।

समितिको संयोजकमाा केशवप्रसाद रिजाल रहेका छन् । केन्द्रीय अभियन्ता रामु राई र प्रदेश–१ संयोजक दीपबहादुर खापुङको उपस्थितिमा भएको भेलाले हरिहर गौतमलाई तदर्थ समितिको सचिवमा चयन गरेको छ । त्यस्तै देवेन्द्रबहादुर खड्का, अनिलकुमार आचार्य, राम थापा, राजु थापा, युद्धप्रसाद साह, पदम अधिकारी, जनक गौतमलाई सदस्यको जिम्मेवारी तोकिएको प्रदेश संयोजक खापुङले जानकारी दिए । दलहरुले विदेशीको इसारामा मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको भेलाले निष्कर्ष निकालेको छ ।

राजतन्त्रसहितको हिन्दू राष्ट्र निर्माणमा समितिले देशभर आन्दोलन गर्ने बताइएको छ । अहिलेको नेतृत्व भ्रष्टाचारमा लिप्त भएको तदर्थ समितिका संयोजक रिजालले बताए । जनता महँगी, भ्रष्टाचार, व्यतिथिका कारण आहत भएको उनको भनाइ थियो । मुलुकलाई भ्रष्टाचारबाट मुक्त बनाउन अभियान सञ्चालन गरिने उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर