animated ellipse animated ellipse

खोलाले बगाई बेपत्ता महिला मृत अवस्थामा फेला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ श्रावण २०७७, सोमबार १९:००
3
Shares
तेह्रथुम / तेह्रथुम लालीगुरास ९ की ३६ बर्षीया अंजना लिम्बुलाई खोलाले बगाउँदा उनको मृत्यु भएको छ ।

आज दिउँसो १२ बजे जिरिखिम्तीबाट छथरमा रहेको आफ्नो माईती घर तर्फ जाने क्रममा ढाडेखोला तर्दै गर्दा अंजनालाई खोलाले बगाई बेपत्ता बनाएको थियो ।

बेपत्ता भएकी उनलाई खोजी गर्ने क्रममा दिउँसो सवा ३ बजे १ किलोमिटर तल खोलाको बिचमा काँठमा अल्झिएको अबस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । साथै अंजनासंगै गएका उनका श्रीमान भने खोलाबाट निस्कन सफल भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर