प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, आज थपिए १ सय १४ जना संक्रमित

खबर पूर्वाञ्चल, ८ आश्विन २०७७, बिहीबार १६:५४

विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा ७१ सहित प्रदेश १ मा आज थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ६४ पुगेको छ ।

मोरङमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३६ महिला र ३५ पुरुष रहेका छन् । विराटनगरबाहेक मोरङको बुढीगंगामा २ महिला ४ पुरुष, सुन्दरहरैचामा २ महिला २ पुरुष, कटहरीमा २ पुरुष, पथरीशनिश्चरेमा १ महिला , सुनबर्षी र धनपालथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ४ महिला ९ पुरुष, दुहवीमा १ महिला ६ पुरुष, इटहरीमा १ पुरुष, झापाको विर्तामोडमा २ पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा १–१ पुरुष, उदयपुर र प्रदेश १ बाहिरका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५