वालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा ढकाल पक्राउ

खबर पूर्वाञ्चल, १६ भाद्र २०७९, बिहीबार १२:४६
2.33k
Shares
विराटनगर / वालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा विराटनगरबाट प्रहरीले गैर सरकारी संस्था महासङ्घ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन् ।

विराटनगर १२ घर भएका ५० वर्षीय ढकालले सोही ठाउँका १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा मोरङ प्रहरीले बुधवार साँझ पक्राउ गरेको हो ।

एजुकेसन हेल्पलाइनका समेत अध्यक्ष रहेका ढकालले ती बालकलाई पटक – पटक अप्राकृतिक मैथुन गरेको आरोप छ । ६ महिना अगाडी र १३ भदौमा घरमा कोही नभएको मौका छोपी ढकालले ती बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप छ ।

उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ‘उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । थप विषय पछि खुल्नेछ ।’

प्रहरीले आज ढकाललाई मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५