पूर्वाञ्चल खबर
अहिले केहीबेर अघिबाट आगलागी सुरु भएको हो । फ्याक्ट्रीमा आगो दन्किरहेको छ । नियन्त्रणको प्रयास जारी छ । तर, आगो नियन्त्रणमा आउन सकिरहेको छैन ।
यो ठाउँ जलजला मोड नजिकै श्रीमहालक्ष्मी ज्वेलर्सको पछाडिको भागमा अवस्थित छ ।
उद्योग नजिकै थुपारिएको प्लाष्टिकको डंगुरमाथि एक्कासि आगलागी शुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्लाष्टिको फोहोर जलाउन आगो लगाउने क्रममा सल्किएको हुनसक्ने अनुमान गरिएकोछ ।