RUMPUM
animated ellipse animated ellipse

विरामीको मृत्युपछि कोशी अस्पताल तनावग्रस्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० फाल्गुन २०७८, शुक्रबार १५:५८
711
Shares
विराटनगर / उपचारको क्रममा विराटनगरस्थित किोशी अस्पतालमा ५ महिनाको बालकको मृत्यु भएपछि अस्पताल दिनभरी तनावग्रस्त बनेको छ ।

विराटनगर —६ बह्रमहापुराका सुनिल चौधरीको ५ महिनाको छोराको आकस्मिक कक्षमा उपचारको क्रममाआज विहान १० बजे मृत्यु भएपछि विरामीका आफन्तहरुले दिनभरी तनावग्रस्त बनाएका हुन् ।

उनीहरुले चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएपछि अस्पतालको आकिस्मक कक्ष बाहिर दिनभरी प्रर्दशन गरे । ठूलो संख्यामा भेला भएका विरामीका आफन्तले नाराबाजी गर्दै प्रर्दशनमा उत्रिएपछि मोरङ प्रहरीले बाक्सो संख्यामा सुरक्षाकर्मी परिचालन गरेका थिए ।

दुई घण्टा मृतकका आफन्तहरुले प्रर्दशन गरेपछि दिउँसो १२ बजे बैठक बसेको थियो । मृतकका आफन्त, अस्पताल, प्रशासन र स्थानिय जनप्रतिधिनीहरुबीच अस्पतालले घटनाको आन्तरिक रुपमा छानविन गर्ने प्रतिवद्धतासहित तीन बुद्धे सहमति गरेपछि आफन्तले शव बुझेका छन् ।

अस्पतालका मेसु डा. यज्ञराज खरेलसहित स्थानिय प्रशासन, विराटनगर ६ का वडाअध्य बिजय कामत र मृतकका आफन्तहरुबीच तीन बुद्धे सहमति गरेपछि आज दिउँसो साढे १ बजे शव बुझेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर