वानियाँले शुरु गरे विराटनगरदेखि ताप्लेजुङ्गको पाथिभरा मन्दिरसम्म उल्टो पैदल यात्रा
पूर्वाञ्चल खबर
३२ असार २०७९, शनिबार १६:२७
1.56k
Shares
विराटनगर / सुनसरी एक युवाले आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन गर्नलाई विराटनगरदेखि ताप्लेजुङ्गको पाथिभरा मन्दिरसम्म उल्टो पदैल यात्रा शुरु गरेका छन् ।
सुनसरी वराहक्षेत्र नगरपालिका –५ का ४८ वर्षिय ओमप्रकाश वानियाँले आव विराटनगरमा एक कार्यक्रमको आयोजना गरि पाथिभरा मन्दिरसम्म उल्टो पदैल यात्रा शुरु गरेका हुन् ।
नेकपा एमालेका केन्द्रीय सदयस्य तथा समाजसेवी दुर्गा प्रसाईले वानियाँलाई राष्ट्रको झण्डा प्रदान गरि उल्टो पैदल यात्राको शुभारम्भ गरे । विराटनगरदेखि ताप्लेजुङ्गसम्म २०५ किलोमिटर यात्रामा छ मोरङ, सुनसरी, झापा ,इलाम, पाँचथर र ताप्लेजुङ्ग गरि छ जिल्ला पर्दछन् ।
वानियाँले दैनिक १५ किलोमिटर यात्राको क्रममा २९ विभिन्न स्थानमा रात विश्राम गरी एक महिना तीन दिनमा आफ्नो यात्रा सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी गराए । वानियाँको यात्रालाई आवश्यक सुरक्षा र सहयोगको लागि प्रदेश १ को आन्तरिक मामिला तथा कानून र पर्यटन तथा संस्कृति मन्त्रालयले आवश्यक सहयोगको व्यवस्था मिलाएको छ ।
यसअघि वानियाँले विस २०७५ मा ७७ जिल्लाको साइकल यात्रा गरिसकेको जानकारी दिए ।