पूर्वाञ्चल खबर
नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री डा. रिजालले सो कुरा बताउका हुन् । उनले केहिदिन अघि गठबन्धन सरकारको साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गठबन्धन चुनावसम्म कायम रहने कुराको खण्डन गर्दै कुनै दल विशेषलाई एक्ल्याउने पक्षमा कांग्रेस नरहेको बताएका छन् ।
नेकपा एमाले सर्वसत्तावादतर्फ उन्मुख भएकोले संविधानको रक्षाका लागि मात्रै कांग्रेस गठबन्धनमा सहभागि भएको मन्त्री डा. रिजालले बताए । उनले एमाले सरकार रहिरहेको भए वर्तमान संविधान जिवित रहने सम्भावना थिएन भन्दै संविधान जिवित रहे मात्र हरेक खालका राजनीतिक अभ्यास गर्न सकिने बताए । तर, कम्युनिष्टहरूले संविधान माथि नै आक्रमण गरेपछि कांग्रेसले लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनाएको समेत दावी गरे ।
गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गर्दै मन्त्री डा.रिजालले विश्वभर नै उच्च राजनीतिक छवि बनाएर गिरिजाप्रसाद कोइराला अस्ताएको बताए । आफूले पाएको मन्त्रालयको जिम्मेवारी प्रति लक्षित हुँदै उनले भने ‘धेरै बोल्ने भएकोले मलाई कम बोल्नु पर्ने मन्त्रालय र सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की कम बोल्ने भएकोले बढी बोल्नु पर्ने मन्त्रालय दिइएको बताए ।
कार्यक्रममा गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारहरू शेखर रेग्मी, कुमोद अधिकारी र दिनेश गिरी पुरस्कृत भएका छन् । उनीहरुलाई जनही नगद १५ हजार रुपैयाँसहित प्रमाण पत्र र दोसल्लाबाट मन्त्री डां रिजालले सम्मान गरे ।
प्रेस युनियनको मोरङका सभापति भोजराज बस्नेतको सभापतित्वमा बेलबारीको तमु बौद्द गुम्बामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित पत्रकारहरूलाई समेत कदर पत्र प्रदान गरेको छ ।