२९२० जनाको स्वाव परिक्षण गर्दा प्रदेश १ मा ८१३ जनामा कोरोना संक्रमण पुष्टि

खबर पूर्वाञ्चल, ३ भाद्र २०७८, बिहीबार १६:१९

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ हजार ९ सय २० जनाको स्वाव परिक्षण गर्दा ८१३ जनामा कोरोना संक्रमण देखिएको छ ।

१ हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र १ हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, धनकुटा र उदयपुरमा ६–६, संखुवासभामा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ३१, विर्तामोडमा २९, अर्जुनधारा र शिवसताक्षीमा १२–१२, मेचीनगरमा ९, कनकाईमा ८, गौरादह र बुद्धशान्तिमा ७–७, भद्रपुरमा ५, हल्दिबारी र कमल गाउँपालिकामा ३–३, बा¥हदशीमा १, मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३९, उर्लाबारीमा ९, लेटाङ र केराबारीमा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३–३, कानेपोखरी र बेलबारीमा २–२, रंगेली र बुढीगंगामा १–१ जनामा संक्रमण दृखिएको छ ।

उता सुनसरीको इटहरीमा ४६, धरानमा २९, रामधुनीमा ५, दुहवी र इनरुवामा ३–३, हरिनगर, बराहक्षेत्र, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ९, याङवरक १, इलामको फोकफोकथुममा ३, सुर्योदय, सन्दकपुर र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, उदयपुरको बेलकामा २, उदयपुरगढी, त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४६ महिला र २७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५