AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङको कर्सिया बजारमा गोली चल्यो, गोली चलाएको आरोपमा तीन जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ आश्विन २०७८, सोमबार १७:४६
2.38k
Shares
विराटनगर / मोरङको धनपालथान गाउँपालिका ४ नम्बर वडा स्थित कर्सिया बजारमा रहेको सिटिजन्स बैङ्क इन्टरनेशनलको शाखा कार्यालयमा भारतीय लुटेरा समूहले लुटपाट भएको छ ।

स्थानीयका अनुसार पाँचजनाको समूहमा आएका लुटेरा समूहले आज दिउँसो बैंकका सुरक्षा गार्ड माथि तीन गोली चलाएर बैंकमा लुटपाट गरेको हो ।

बैंकका सुरक्षाकर्मी माथि गोली प्रहार गरी बैङ्क लुटेको शाखा प्रमुख एलिना श्रेष्ठले बताएकी छिन् । मोरङका प्रहरी उपरीक्षाक जनार्दन जिसीले गोली चलेको पुष्टि गरे । बैङ्क लुट्न आएको समूहले गोली चलाएको स्थानीयले बताएका छन् । लुटपाटका लागि गोली चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई पनि गोली लागेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाउने प्रयास भइरहेको छ, यद्यपि उनीहरु भारतीय नागरिक भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । थप अनुसन्धान जारी रहेको स्रोतले बतायो ।

शाखा प्रमुख श्रेष्ठका अनुसार दिउसो करिब ३ बजेर ३० मिनेटमा ३–४ जना हतियारधारी समूह बैङ्कमा प्रवेश गर्न खोजेपछि अन्दाजी ४० वर्षीय बैङ्कका सुरक्षाकर्मी शीतल कुमालले रोक्ने प्रयास गर्दा उनीमाथि गोली प्रहार गरी उक्त समुहले बैङ्कको काउन्टरमा छिरी लुटपाट गरेको बताईन् ।

गोली लागेका कुमालको विराटनगर स्थित न्युरो अस्पतालमा उपचारका लागी लगिएको छ । २ राउन्ड फायर गरेकोमा कुमालको पेटमा गोली लागेको हुनसक्ने श्रेष्ठले बताएकी छिन् ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले एकजनालाई गोली लागेको पुष्टि गर्दै अनुसन्धान थालिएको बताए । स्थानीयले भने पाँचजनाको समूहमा आएका लुटेराहरुमध्ये दुईजना तल र दुईजना माथि बसेर काउन्टरसम्म पुगेको बताएका छन् । यद्यपी घटनाको बारेमा थप जानकारी भने आउन बाँकी नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर