खबर पूर्वाञ्चल
शनिहाटस्थित संघको कार्यालयमा आयोजित कार्यक्रममा संघका पदाधिकारी, चिकित्सक तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष डा. राजेन्द्र चौधरी, स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेललगायत सहभागी थिए ।
उपस्थित चिकित्सकहरूले मौन धारण गर्दै आन्दोलनमा प्राण गुमाउने आत्माको चीर शान्तिको कामना गरे । संघले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र न्यायका लागि भएको बलिदानलाई इतिहासले सधैं सम्झिरहने जनाएको छ ।
कार्यक्रममार्फत संघले संवेदनशील सामाजिक विषयमा चिकित्सक समुदाय सधैं सचेत, जिम्मेवार र एकताबद्ध भएर उभिने प्रतिवद्धता व्यक्त गरेको छ । संघले यस्ता स्मरणात्मक गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने नेपाल चिकित्सक कोशी प्रदेशका महासचिव डाक्टर बालकृष्ण साहले जानकारी दिए ।