मंसिर ४ गते हुने निर्वाचनपछि जित्ने जनप्रतिनिधीहरूले प्रदेश १ को नामकरण किरात प्रदेश राख्नुपर्ने मागसहितको ज्ञापनपत्र उम्मेदवारहरूलाई बुझाएका हुन् ।
विराटनगर ११ स्थित साकेला थानमा किरात राइ यायोक्खा विराटनगर महानगर कमिटिले आज एक कार्यक्रम आयोजना गरी मोरङबाट उठेका प्रतिनिधी र प्रदेश सभा सदस्यका उम्मेदवारहरूलाई एकै ठाउँमा भेला गरी प्रदेशको नामरण किरात प्रदेश राख्नुपर्ने मागसहितको ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरूले मोरङ क्षेत्र नं. ४ मा प्रतिनिधी सभा सदस्यीमा गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदी, मोरङ क्षेत्र नं. ५ मा प्रतिनिधी सभा सदस्यीयमा उठेका उम्मेदवार राजकुमार यादव, मोरङ क्षेत्र नं. ६ मा प्रतिनिधी सभा सदस्यीयमा उठेका उम्मेदवार लालबावु पण्डित, प्रदेश सभा सदस्ययमा उठेका पशुराम बस्नेतलगायतका उम्मेदवारहरूलाई एकै ठाउँमा भेला पारी किराँत प्रदेश हुनुपर्ने माग साहितको ज्ञापन पत्र बुझाएका हुन् ।
उक्त ज्ञापन पत्र किरात राइ यायोक्खा विराटनगर नगर समितिकी अध्यक्ष विष्णु राईले उम्मेदवारहरूलाई बुझाएकी थिइन् ।
कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नं. ४ का उम्मेदवार अमनलाल मोदीले माओवादी, एमालेका उम्मेदवार लालबावु पण्डित, पर्शुराम बस्नेत, जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवले लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया