खबर पूर्वाञ्चल
इटहरी उपमहानगरले छ शैयाको कोभिड अस्पतालसहितको आइसोलेसन सञ्चालनमा ल्याएको हो । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले ३० शैया पुरुषका लागि र २० शैया महिलाका लागि छुटटा छुटटै ब्लकमा ब्यवस्थासहित आइसोलेसन सञ्चालनमा ल्याएको वताए । आज वेलुकादेखि कोभिड संक्रमित विरामी राखेर आइसोलेसन सञ्चालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिए । अक्सिजन नेवुलाइजरसहितको आइसोलेसनमा २४ घण्टै स्वास्थ्यकर्मी वस्ने उनले वताए ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड वमोजिमको गुणस्तरीय खानाको ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अघिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए । इटहरी अस्पतालका मेसु डा.योगेश चेम्जोडले आइसोलेसन ब्यवस्थित रहेको दावी गरे । उनले माइल्ड कोभिडका विरामीलाई राखेर अक्सिजन नेवुलाइजरको सेवा समेत प्राप्त हुने जानकारी दिए । विरामीको स्वास्थ्य अवस्था गम्भीर वन्दै गएमा स्वास्थ्यकर्मीसहित स्टेण्डवाई रहने एम्वुलेन्स मार्फत अन्य अस्पताल लगिने वताए ।
इटहरी ९ रंगशालामा गत बर्ष पनि आइसोलेसन सञ्चालित थियो । आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी, वाइफाइ समेतको सुविधा छ । आइसोलेसनको सुरक्षा नेपाली सेनाले दिने छ ।