AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता थापा नियुक्ती

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ असार २०८०, बिहीबार १८:२७
306
Shares
विराटनगर/ कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै आज साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश दाबी प्रस्तुत गरे लगतै प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखले नियुक्ति पत्रमा ‘संविधानको धारा १६८(२) बमोजिम तपाईंलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेको छु । मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई सहित कार्यकाल सफलताको कामना गर्दछु,’ उल्लेख छ ।

थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर