AArya
RUMPUM
animated ellipse animated ellipse

ओखलढुंगामा बीभत्स हत्या भएको अवस्थामा वृद्ध दम्पतीको शव फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०८२, मंगलवार १६:५४
36
Shares
ओखलढुंगा / ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा बीभत्स हत्या भएको अवस्थामा वृद्ध दम्पतीको शव फेला परेको छ ।

भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या भएको प्रहरीले जनाएको छ । वडाअध्यक्ष बलराम कटवालका अनुसार, दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा चोरी र लुटपाट गरी उनीहरूको हत्या गरिएको पाइएको छ ।

ओखलढुंगाका प्रहरी प्रमुख डीएसपी मदन केसीले घटनास्थलमा प्रहरी पुगेको बताए । उनी स्वयं पनि घटनास्थलमा जाँदै छन् । घटनाले स्थानीय बासिन्दामा सुरक्षा चुनौतीको प्रश्न उठाएको छ ।

घटना कसले गराएको हो भनेर प्रहरीले सार्वजनिक गरेको छैन । थप अनुसन्धान भइरहेको डीएसपी केसीले बताए ।

१ महिनाअघि पनि चिशंखुगढी भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र उनकी पत्नी रत्नमाया थापामगरको हत्या भएको थियो । सो घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर