animated ellipse animated ellipse

किरण लामा विरूद्ध ‘शरीर बन्धक’ कसुरमा उजुरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ कार्तिक २०७९, शनिबार १७:५०
918
Shares
विराटनगर / युवा संघ नेपाल विराटनगरको अध्यक्ष किरण लामाविरूद्ध अपहरण, शरीर बन्धक, मिटरब्याज र फिरौती कसुरको जाहेरी परेको छ ।

विराटनगर महानगरपालिका–११ बस्ने ३३ वर्षीय लामाविरूद्ध विराटनगर–८ का ३४ वर्षीय नवल यादव र विराटनगर–११ २४ वर्षीय अभिषेक साहले जाहेरी दिएका हुन् ।

जाहेरीमा लामाका सहयोगी ३२ वर्षीय अनुज मगरलाई पनि विपक्षी प्रतिवादी बनाइएको छ । मिटर ब्याजमा लिएको पैसाँ नदिएको भन्दै लामाले शुक्रबार दिउँसो दुबै पीडितलाई आफ्नै घरमा बोलाएर बन्धक बनाएर कुटपिट गरेका थिए । लामा समूहका कुटपिटबाट घाइते भएका दुई मध्ये अभिषेक उम्किएर भागेका थिए । उनैले मोरङ प्रहरीलाई घटनाको बारेमा जानकारी दिएपछि प्रहरीले लामाको घर खानतलासी गर्दा बन्धक बनाइएका नवललाई फेला पारेर उद्धार गरेको थियो ।

शुक्रबार नै पीडितले जिल्ला प्रहरी कार्यालय मोरङमा ठाडो निवेदन दिएका थिए । शनिबार उनीहरुले जाहेरी दरखास्त दिएका छन् । विराटनगरको हस्पिटल चौकमा औषधी पसल संचालन गर्ने नवलले लामाबाट गत असार २९ गते पाँच लाख रुपैयाँ सापटी लिएका थिए । यादवले लामासँग फार्मेसी व्यवसाय सञ्चालन गर्न पैसा सापटी लिएका हुन् । लामाले तीन महिनामै पाँच लाख रुपैयाँको मिटरब्याज कारोबारमा १८ लाख असुलिसकेका थिए ।

‘उक्त पैसा दिइसकेकोमा लामाले सामान्य कुरा गर्नु भनी मलाई बोलाएका थिए, म सँग रहेका अभिषेक साह समेतलाई लिएर घरमा पुगें,’ यादवले जाहेरीमा भनेका छन्, ‘घर पुगेपछि मुनि तलामा रहेको कोठामा बस्नुस् भनी नचिनेका केटाहरूको सहयोगमा कोठाभित्र थुनेर ताल्चा लगाइदिए ।’

त्यसपछि लामाले यादवलाई पाँच लाखको मिटरब्याजमध्ये अब पच्चीस लाख रुपैयाँ बाँकी रहेको र तत्काल उपलब्ध गराउन दबाब दिएका थिए । ‘कुटपिट गर्दै उनले पैसा नदिए टुक्रा–टुक्रा पारेर कोसीमा हामी आज राति फालिदिन्छौं,’ जाहेरीमा भनिएको छ, ‘तिमीहरूको केही लाग्दैन, पुलिस प्रशासन सम्पूर्ण हाम्रो हातमा छ ।’

 

मोरङ प्रहरीका प्रहरीका डिएसपी टिका कार्कीले पीडितले जाहेरी दिएको बताएका छन् । ‘आज शनिबार बिदाको दिन भएकाले जाहेरी दर्ता गर्न मिलेन। घटनास्थल मुचुल्का गर्न प्रहरी पठाइएको छ, भोलि जाहेरीमा उल्लेख भएका विवरणहरू हेरी कानुनसम्मत् रुपमा दर्ता गरिन्छ,’ डिएसपी कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर