animated ellipse animated ellipse

कटहरी १ नम्बर वडा कार्यालय आफ्नै भवनमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ बैशाख २०८१, आईतवार १९:५३
81
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिका – १ नम्बर वडा कार्यालय आफ्नै भवनमा सरेको छ । ७२ लाख २० हजार ३८६ रुपैयाँ लागतमा निमार्ण भएको भवन आइतबारबाट आफ्नै नवनिर्मित भवनबाट सेवा सुरू गरेको हो ।

नवनिर्मित भवनको उद्घाटन कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गरे । २०७९ मंसिर १५ गते सम्झौता भएर विराटनगर ८ मा रहेको टोनिका कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएर काम सुरु गरेको छ । नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष चौधरीले कटहरी गाउँपालिका भित्र ६ नम्बर वडा बाहेक सबै नयाँ वडा कार्यालयबाट सेवा प्रराम्भ भएको बताए । यसअघि पाँच वटा वडा कार्यालयको नयाँ प्रशासनिक भवन निमार्ण भएर सेवा सुचारु हुँदै आएको छ ।

वडा भित्र सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रभाह गरिनुपर्ने अध्यक्ष चौधरीले बताए । स्थानीय तहलाई २२ वटा अधिकार दिएको जानकारी गराउँदै अध्यक्ष चौधरीले सेवाग्राहीलाई छिटो र क्षरितो तरिकाले सेवा प्रभाह गरेर मन जित्नुपर्नेमा जोड दिए । उनले कटहरी गाउँपालिका भित्र सार्वजानिक जग्गा हडप्ने काम भएकाले यसको संरक्षण गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर