पूर्वाञ्चल खबर
नगरकमिटी अध्यक्ष वीरेन्द्र यावदको नेतृत्वमा कोशी अस्पतालमा देखिएको बेथितिका विरुद्धमा ज्ञापनपत्र बुझाएको हो। कोशी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल अस्तव्यस्त देखिएको भन्दै नगरकमिटीले ज्ञापनपत्र बुझाएको हो।
अध्यक्ष यादव र सचिव मिरा दाहाल (हिरा) को हस्ताक्षेर रहेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशकै ठुलो कोशी अस्पतालमा यति बेला अस्तव्यस्त देखिन्छ। अस्पताललाई राजनीतिको अखडा बनाइएको छ। अस्पताल विकास समितिका कारण बेतिथिको चाङ बढ्दै गएको जगजाहेर नै छ। आसेपासेलाई जागिर खुवाउने मनसायले स्वीकृत दरबन्दी गुपचुप राखेर हालै सूचना आव्हान गरिएको छ। यसको उद्देश्य भनेको आफ्ना र आसेपासेलाई कर्मचारीमा नियुक्ति गर्नु नै हो भन्ने हाम्रो ठहर हो। ‘हामी हाम्रालाई होइन दक्षलाई रोजौँ’ भन्ने मान्यताका साथ अगाडी बढ्छौ। जुन उद्देश्य र दायित्वको साथ अस्पताल विकास समितिले काम गर्नु पर्ने थियो त्यो गर्न नसकेको यथार्थ हो। आफ्नो दायित्व नै बिर्सेर दलगत स्वार्थ पुरा गर्नका लागि अहिलेको विकास समिति लागि परेको प्रस्ट छ।
अस्पताल प्रशासनसमेत जता जता विकास समिति त्यता त्यता कुदेको देखिन्छ। यसका पछिल्ला उदाहरण केही कर्मचारीहरू नियुक्ति विना सूचना विना प्रतिस्पर्धा गरिएको छ। सरकारी अस्पतालमा पदपूर्ति गर्दा सरकारकै मापदण्ड विपरीत गर्नु कतिको जायज होरु यसको जबाफ जनताले खोजी रहेका छन्। कर्मचारी नियुक्तिमा मात्रै होइन, हरेक बेथिति यस अस्पतालमा देखिएको छ। अस्पताल भित्र प्रवेश गर्दा नाक थुन्नु पर्छ सरसफाइ गर्ने जिम्मा कसको होरु अस्पतालमा स्वास्थ्यकर्मीसमेत समय सम्म नबस्दा बिरामीले दुख पाइरहेका छन्।’
विज्ञप्तिमा अगाडि भनिएको छ,‘अस्पतालमा भएका स्वास्थ्य उपकरणको सही रूपमा सदुपयोग हुन सकेको छैन। जसका कारण निम्न स्तरका नागरिकले उपचार पाउनबाट वञ्चित हुने परेको छ। विना टेन्डर अस्पतालका पुराना भवन भत्काइ त्यहाँका सामाग्री समेत दुरुपयोग भएको भन्ने खबरहरू आएका छन्। ती पुराना भवन भत्काउँदा अस्पताल विकास समितिकै अध्यक्षको डोजर प्रयोग गरिएको छ। अस्पतालको बेथितिविरुद्ध अख्तियार अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान सुरु गरेको छ। छिटो अनुसन्धान गरी सत्य तथ्य अनुसन्धान गर्न समेत अनुरोध गर्दछौं। अस्पतालमा देखिएको यस प्रकारको बेथिति नरोकिए हाम्रो पार्टी चुप लागेर नबस्ने समेत जानकारी दिन चाहन्छौं।’